21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौं। नेपाल इन्जिनियर्स एसोसियसन (नेइए)को निर्वाचन नजिकिँदै छ । तर, सदस्य संख्याका आधारमा मतदाता संख्या भने निकै न्यून छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार २८ भदौमा तय भएको निर्वाचनका लागि १८ हजार ६०१ मतदाता तय भएका छन्। नेइएको सदस्य संख्या भने ४० हजार २६७ छ। पछिल्लो समय नेइएमा भइरहेको राजनीतिकरणका कारण धेरै सदस्यहरूले नवीकरण नै गर्न छाडेका हुन्।
प्रदेशगत हिसावमा हेर्ने हो भने सबैभन्दा धेरै मतदाता बागमतीमा छन्। काठमाडौं, हेटौंडा र भरतपुर मतदान केन्द्र रहेको बागमतीमा ११ हजार ५२४ मतदाता छन्।
विराटनगर, इहटरी र बिर्तामोड मतदान केन्द्र रहेको कोशीमा ९४६ मतदाता छन्।
जनकपुर र वीरगन्ज मतदान केन्द्र रहेको मधेशमा १ हजार ७५० मतदाता छन् भने पोखरा मात्र मतदान केन्द्र रहेको गण्डकीमा १ हजार ५६८ मतदाता छन्।
बुटवल, दाङ र नेपालगन्ज मतदान केन्द्र रहेको लुम्बिनीमा १ हजार ७८७ मतदाता छन्। कर्णालीमा ३८६ र सुदूरपश्चिममा ६३४ मतदाता छन्। कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढी मतदान केन्द्र मात्र छन्।