04 May 2026
२०८३-०१-२१ (सोमबार)
सरकारले १२ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार यी कम्पनीहरूलाई कालो सूचीमा राखिएको जनाएको छ।
कार्यालयले जारी गरेको सूचनामा कालो सूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जानकारी दिइएको छ।