04 May 2026
२०८३-०१-२१ (सोमबार)
धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाको पाँचौं तहका प्राविधिक पदहरूमा नियुक्तिका लागि आवेदन खुला गरेको छ।
आयोगले २०७३ सालको प्रदेश निजामती सेवा ऐनअनुसार इञ्जिनियरिङ सेवा समूहअन्तर्गत सिभिल उपसमूहमा, सब इञ्जिनियरू पदका लागि खुला, समावेशी र आन्तरिक प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गर्न विज्ञापन प्रकाशित गरेको हो।
२०७८ चैत २७ गते प्रकाशित विज्ञापनअनुसार इच्छुक तथा योग्य उम्मेदवारहरूले आयोगको अनलाइन प्रणाली https://ppsonline.sudurpashchim.gov.np मार्फत दरखास्त दिन सक्नेछन्।
पाँचौं तह अन्तर्गत सिभिल इञ्जिनियरिङ समूहमा सब इञ्जिनियर पदका लागि कुल ६ वटा पदमा आवेदन खुला गरिएको छ। जसमा एक पद आन्तरिक प्रतिस्पर्धाको लागि, एक पद खुला प्रतिस्पर्धाका लागि, र बाँकी चार पद महिला, आदिवासी जनजाति, दलित र पिछडिएको क्षेत्रका उम्मेदवारहरूका लागि समावेशी कोटामा आरक्षित गरिएको छ।
सबै पदहरूका लिखित परीक्षा केन्द्र सुदूरपश्चिम प्रदेशमै रहनेछ।
