04 May 2026
२०८३-०१-२१ (सोमबार)
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ वटा स्टार्टअप परियोजनालाई उद्यम कर्जा वितरण गर्ने भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार कर्जा पाउने परियोजनाहरूको अन्तिम सूची सिफारिस गरेको हो।
समितिका कार्यकारी निर्देशक उमेश गुप्ताले सिफारिस भएका परियोजनाले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा पाउने जानकारी दिए।
उनले भने, सिफारिसमा परेका परियोजनाले सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैंकबाट ४(५ दिनभित्र नै कर्जा प्राप्त गर्न सक्नेछन्।
यस आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा वितरणका लागि १ अर्ब रुपैयाँ छुट्याइएको थियो। समितिले निर्धारित मापदण्ड पूरा गर्ने परियोजनाहरूलाई मात्र कर्जा दिन सिफारिस गरेको हो।