21 May 2025
२०८२-०२-०८ (बुधवार)
सुदूपश्चिम विश्वविद्यालयलले भूकम्पबाट सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आँकलन गर्न एक सिनियर सिभिल इन्जिनियर र तीस जना इन्जिनियर माग गरेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच भएको सम्झौता अनुसार उक्त क्षति आँकलन गर्न एक महिनाको लागि इन्जिनियर माग गरेको हो ।
इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सु.प.वि.को वेबसाइट www.fwu.edu.np मा Vacancy for Civil Engineers मा गएर आवेदन फाराम भर्न सक्नेछन् ।