04 May 2026
२०८३-०१-२१ (सोमबार)
चितवनको सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ । रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट पूर्वतर्फ बछ्यौली जाने दुई सडकलाई सौन्दर्यीकरण गरिएको हो ।
सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरमातहतमा दुई खण्डमा अलग अलग निर्माण कम्पनीले सडक निर्माण गरेका छन् ।
साइकल लेन, फरकिलो फुटपाथ, कालोपत्रेसहितको सडक निर्माण भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिएका छन् । करिब तीन किलोमिटर लम्बाइको सडक संगै चित्रसारी पुलको दायाँबायाँ रेलिङ निर्माण, वन्यजन्तुको आकृतिसँगै आकर्षक सडकबत्ती, प्रवेशद्वार, साइकल लेनसहितको सडक र फुटपाथले सौन्दर्य वृद्धि भएको छ । गोरखापत्रबाट