संस्था र कर्मचारी दुवैको दीर्घकालिन हितको लागि मेरो उम्मेदवारी: ई. शर्मा (अन्तर्वार्ता)


Posted: Dec. 11, 2024
  Engineers Nepal

नेपाल टेलिकम विशेष आयोजना विभाग बबरमहलमा वरिष्ठ इन्जिनियरको रुपमा कार्यरत केशव शर्मा यतिबेला टेलिकमको कर्मचारी प्रतिनिधि संचालक पदको निर्वाचनमा उम्मेदवार रहेका छन् ।

संस्था भित्र अब्बल कर्मचारीको छबी बनाएका शर्मा संस्था र कर्मचारीको बृहत्तर हितमा काम गर्ने इन्जिनियरको रुपमा चिनिन्छन् ।

टेलिकम भित्र विशेष बढुवा ब्यवस्था पुर्नस्थापनका लागि आन्दोलनको नेतृत्वको गर्दै आएका उनै शर्मा संग इन्जिनियर्स नेपालले गरेको संक्षिप्त कुराकानी :

नेपाल टेलिकम, संचालक समितिमा कर्मचारी प्रतिनिधिको निर्वाचनमा तपाईंको उम्मेदवारी किन ?

कम्पनीको बैज्ञानिक तरिका बाट Restructuring गर्न, सबै तहमा निश्चित समय भित्रै करियर अपग्रेडको सुनिश्चितता र व्यवस्था गर्न, नयाँ आय स्रोतहरुको पहिचान गरि लगानी विविधिकरण संगै आर्थिक सबलीकरण र कर्मचारीको सेवा सुबिधा लगायतका मुद्दाहरु स्थापित गरी कार्यान्वयनमा ल्याउन संचालक समितिमा कर्मचारी प्रतिनिधिको लागि मेरो उम्मेदवारी रहेको छ ।

नेपाल टेलिकम राजस्व र आय वृद्धि गर्न पछिल्लो समय दवावमा रहेको देखिन्छ, तपाई संग विशेष कार्यक्रम र योजनाहरु के छन् ?

महत्वपुर्ण विषय उठाउनु भयो । यतिबेला टेलिकमको बिजनेश बढाउन केही दुरगामी योजनाहरु अघि बढाउनुपर्ने म देख्छु।

त्यस्मा नयाँ प्रविधिमा लगानी विविधिकरण गर्दै डाटा सेन्टर तथा क्लाउड सेवामा लगानी विस्तार गर्ने, कर्पोरेट ग्राहकहरु लाई लक्षित गर्दै क्लाउड सेवा उपलब्ध गराउने योजना अघि बढाउन आवश्यक देख्छु।

त्यस्तै मल्टिमिडिया company तथा अन्य OTT Service Platform हरु संग सहकार्य गरि Revenue Sharing Model तयार गरि कार्यान्वयनमा ल्याउन सकिन्छ । 

Local Content Provider हरु संग समन्वय गरि आफ्नै Local OTT Service प्रदान गर्न सम्भव छ । फरक सेवा तथा वस्तु प्रदायक कम्पनिहरु संग NTको सेवा बन्डलिंग गर्दै सेवा विस्तार गर्ने कुरालाई पनि महत्व दिन आवश्यक छ । नयाँ प्रविधिहरूमा लगानी र विस्तार गर्दै डिजिटल सेवाहरूको विकासमा टेलिकमलाई केन्द्रित गराउन सकिन्छ । 

नेपाल टेलिकमबाट प्रदान गरिने सेवाको गुणस्तरको वारेमा बिभिन्न गुनासो सुनिन्छ, नेटवर्कको गुणस्तर सुधारमा तपाईको भूमिका कस्तो रहनेछ ?

कभरेज र नेटवर्क विस्तार पहिलो बिषय हो । यसमा कभरेज नभएका वा कम गुणस्तर र क्षमताका स्थानहरू पहिचान गरी 2G GSM र 4G LTE नेटवर्क विस्तारको लागि आवश्यक प्रक्रिया सुरु गर्न सकिन्छ ।  शहरी क्षेत्रमा जस्तै भीडभाडयुक्त स्थान, भित्री बस्ती, र उच्च भवनहरूमा नेटवर्क जाम, कमजोर सिग्नल, डेटा स्लो, र कल काटिने समस्याहरू समाधान गर्न नेटवर्क क्षमता र कभरेज विस्तार गर्नुपर्ने हुन्छ ।

दोश्रो ब्यान्डविड्थ सुधार अन्तर्गत 4G LTE (1800 MHz) मा प्रयोग भइरहेको 15 MHz लाई DCS 1800 MHz बाट 5 MHz थप गरेर 20 MHz बनाउन आवश्यक प्रक्रिया अगाडी बढाउन पर्ने हुन्छ, जसले डेटा क्षमता वृद्धि गर्दछ।

तेस्रो BTS र eNodeB साइटहरूको २४/७ उपलब्धता सुनिश्चित गर्न पावर सप्लाई र ब्याट्री ब्याकअपको यथोचित व्यवस्थापन गर्न सकिन्छ । SIte डाउन भएपछि छिटो मर्मत सम्भारको लागि ७ देखि ७ ड्युटी मिलाएर सेवा निरन्तर राख्न व्यवस्था गर्नुपर्ने हुन्छ । पहाडी र दुर्गम क्षेत्रमा सौर्य ऊर्जा साइटहरू लामो समय बन्द हुने समस्यालाई समाधान गर्न सोलार पावर, ब्याट्री ब्याकअप, र पावर सप्लाई अपग्रेडेशनलाई टेलिकम प्राथमिकता राख्न आवश्यक छ ।

चौथो कुरा Wireline network अन्तर्गत FTTH/IPTV का ग्राहकहरु Network Capacity भन्दा न्युन रहेको हुदा Line बिस्तार, ग्राहक बिस्तार, एक्सेस/Front Line Operation Maintenance को कार्य Revenue Sharing Model को लागि अध्ययन अगाडी बढाउनु पर्ने देखिन्छ ।

तपाईंले विशेष जोड दिइराख्नु भएको कर्मचारीको हक अधिकारका कुराहरु देखिन्छ। कर्मचारीको सेवा सुविधाहरू र मनोबल बढाउन तपाईंको योजना के कस्ता रहेका छन्  ?

पहिलो त बिशेष बढुवाको पुनर्स्थापनाको प्रमुख मुद्दा सहित सबै तहमा निश्चित समय भित्रै  करियर अपग्रेडको सुनिश्चितता/व्यवस्था गर्न प्राथमिकताका साथ पहल गर्नेछु। कार्य वातावरण सुधार गर्न नियमित प्रशिक्षण र स्किल अपग्रेड गर्ने अवसरहरू सिर्जना गर्न पहल गर्नेछु।

कर्मचारीहरूसँग प्रत्यक्ष संवाद कायम गरेर समस्या समाधान गर्न मेरो जोड रहनेछ  । प्रोत्साहन कार्यक्रम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरेर पनि मनोबल बढाउने कार्य गर्न सकिन्छ । त्यस्तै निर्णय प्रक्रियामा कर्मचारीको सहभागीता बढाएर पारदर्शिता कायम राख्ने मेरो योजना रहेको छ।

स्वास्थ्य सेवा अन्तर्गत थप स्वास्थ्य बीमा योजना लागू गर्ने कुरा पनि मेरो प्राथमिकता अन्तर्गत पर्दछ। रिटायरमेन्ट फन्डलाई व्यवस्थित गर्दै पेन्सन योजनामा सुधार गरेर सुरक्षित भविष्य सुनिश्चित गर्नेकुरालाई पनि ध्यान दिएको छु।

बिदा नीति सुधारमा व्यक्तिगत र पारिवारिक जीवनलाई समर्थन गर्ने किसिमले बिदा सुविधा उपलब्ध गराउन मेरो पहल रहन्छ। त्यस्तै कार्यस्थल सुविधा सुधार गर्न कार्यालय र फिल्ड कर्मचारीहरूको लागि उचित सुरक्षा उपकरण, प्राविधिक साधन, र काम गर्ने वातावरण सुनिश्चित गर्ने मेरो योजना रहेको छ।

आगामी दिनमा नेपाल टेलिकमलाई अझ प्रतिस्पर्धात्मक बनाउन तपाईंको दृष्टिकोण र आधार के कस्ता छन् ?

टेलिकमलाई अझ प्रतिस्पर्धात्मक बनाउन डिजिटल सेवाहरूलाई प्राथमिकतामा राख्दै ग्राहक-अनुकूल मोबाइल एप्लिकेशन र वेब पोर्टलहरू विकास गर्न सकिन्छ । त्यस्तै  AI/ML उपकरणको प्रयोग: नेटवर्क अपरेशन, KPI अनुगमन, ग्राहक सेवा, र अन्य विभागहरूमा कृत्रिम बुद्धिमत्ता (AI) र मेसिन लर्निङ (ML) उपकरणहरू क्रमिक रूपमा प्रयोग गर्ने कुरालाई हामीले जोड दिनुपर्ने हुन्छ ।

अनलाइन बिल भुक्तानी, रिचार्ज, र ग्राहक सेवाहरूमा सहजता ल्याउने बारे हामीले योजना बनाउन आवश्यक रहेको छ। इन्टरनेट र डेटा सेवाहरूलाई ग्रामीण र दुर्गम क्षेत्रमा अझ किफायती बनाउन सकिन्छ र साइबर सुरक्षामा ध्यान दिएर ग्राहकको डेटा गोपनीयता सुनिश्चित गर्ने बारेमा पनि हामीले बिशेष ध्यान दिन आवश्यक रहेको छ।






Leave a comment




Comments