मन्त्री दाहालले गरे इन्जिनियरिङ परीक्षाको निरीक्षण


Posted: Oct. 20, 2024
  Engineers Nepal

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आइतबार इन्जिनियर लाइसेन्स परीक्षाको पर्यवेक्षण एवं निरीक्षण गरेका छन् ।

शनिबार पुलचोक इन्जिनियरिङ क्याम्पसमा पुगेर उनले जारी परीक्षाको निरीक्षण गर्नुका साथै नेपालको इन्जिनियरिङ क्षेत्रको अवस्थाको बारेमा छलफल पनि गरे । परीक्षाको पर्यवेक्षण एवं निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत सहभागी रहेका थिए ।

नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरीका अनुसार यस पटक ५ हजार १ सय ५१ इन्जिनियरले लाइसेन्सको परीक्षा दिँदै छन् ।






Leave a comment




Comments