भ्यालुयर्स एशोसिएसन छैठौं केन्द्रीय कार्यकारिणी समितिको सल्लाहकारमा ई. बस्नेत मनोनीत


Posted: Oct. 7, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल भ्यालुयर्स एशोसिएसन छैठौं केन्द्रीय कार्यकारिणी समितिको सल्लाहकारमा ई. दुजेन्द्रकुमार बस्नेत मनोनीत भएका छन् ।

एशोसिएसनको यही असोज १४ गते बसेको कार्यसमितिको बैठकले उनलाई छैठौं कार्यकारिणी समितिको सल्लाहकारमा मनोनीत गरेको हो । बस्नेत नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेशका वरिष्ठ सदस्य तथा स्थापना कालदेखि सल्लाहकारको भूमिकामा रहँदै आएका छन् ।

ई. बस्नेतबाट संस्थालाई उचित मार्गनिर्देशनसहित सल्लाह तथा सुझावहरू प्राप्त हुने विश्वास समितिको रहेको छ ।






Leave a comment




Comments