नयाँ शहर आयोजनाले माग्यो इन्जिनियर (सूचनासहित)


Posted: Oct. 4, 2024
  Engineers Nepal

काठमाडौँ- शहरी विकास तथा भवन निमार्ण विभाग अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले इन्जिनियर तथा आर्किटेक्टको लागि करार दरबन्दीमा विज्ञापन खुलाएको छ ।

यस आयोजना कार्यालय तथा मातहत कार्यालयमा कामकाज गर्ने गरी योग्य रा.प. तृतीय श्रेणीका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा तोकिएको ढाँचामा दरखास्त दिन सूचना प्रकाशन गरिएको हो ।

कार्यालयले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै तोकिएको मितिभित्र निवेदन दिने उम्मेदवारहरू मध्ये न्यूनतम शैक्षिक योग्यता पुगेका आवेदकबाट प्राथमिकता अनुसार (क्रमसः १ श्री लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनका आधारमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका उम्मेदवार, २. त्रिभुवन विश्वविद्यालय लगायत मान्यता प्राप्त अन्य विश्वविद्यालयहरूवाट सम्बन्धित विषयमा सर्वोत्कृष्ट भएका (गोल्ड मेडलिस्ट) विद्यार्थीहरू तथा ३ आवदेकको प्राप्तांक र अनुभवको मूल्यांकन गरी योग्यता क्रमानुसार) करारमा नियुक्ति दिई कामकाजमा लगाइने उल्लेख गरेको छ ।

सी नं. ६ र ७ को हकमा सम्बन्धित कार्यालयमा पनि तोकिएको अवधिभित्र दरखास्त दिन सकिने वारी सूचनामा भनिएको छ । उल्लेखित विज्ञापनका सम्बन्धमा विस्तृत विवरण र फारम कार्यालयको वेबसाईट www.ntpco.dudbe.gov.np मा राखिएको छ ।
सूचना:






Leave a comment




Comments