20 April 2025
२०८२-०१-०७ (आइतबार)
काठमाडौँ- गत शुक्रबार र शनिबार देशभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित क्षेत्रको नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को विपद् व्यवस्थापन प्राविधिक सहयोग समितिको विज्ञ टोलीले स्थलगत निरीक्षण गरेको छ ।
टोलीले आज बिहीबार प्रभावित क्षेत्रमध्ये काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको हो । नेइएले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएको हो । नेइएका अनुसार टोलीले बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गरेर डिजास्टर एसेसमेन्टको कार्य प्रारम्भ गरेको छ । यो कार्यको निरन्तरतासहित थप प्रभावकारी बनाउँदै लैजाने जनाइएको छ ।
आगामी दिनहरूमा पनि सबै प्रभावित क्षेत्रको विवरण बुझी क्षतिको कारण र समाधानको उपायका बारेमा प्राविधिक विश्लेषणसहितको प्रतिवेदन नेपाल सरकारलगायत सम्बन्धित निकायमा पेस गरिने समेत नेइएले जनाएको छ ।