ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन


Posted: Sept. 29, 2024
  Engineers Nepal

पाटन- ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका हुन् ।

विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति व्यहोर्नु परेको र राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन सकेको छैन ।

महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ भने विद्युका पोलहरू समेत ढलेका छन् ।

यस्तै कान्ति लोकपथ अवरुद्ध हुँदा सवारीसाधन प्रयोग गरेर राहत तथा उद्धार गर्न सकिएको छैन । माल्टामा दुई र आश्राङमा दुईवटा घर बगाएको छ, गिम्दीमा झोलुङ्गे पुल बगाएको छ, कतिपय स्थानमा खानेपानीको पाइप नष्ट भएका छन्, भट्टेडाँडामा एउटा गोठ पुरिएर पाँच वटा दुहुना भैँसी पुरिएको जानकारी आएको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउका छन् । उनले बाढीका कारण १५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको र सञ्चार सम्पर्क, विद्युत् र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गरे ।






Leave a comment




Comments