21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नागढुंगा सुरुङमार्गबाट अत्यावश्यक सवारी साधनहरूलाई प्रवेश गर्न दिइएको छ ।
सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।
काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाई प्रवेश दिएको छ । भने, एम्बुलेन्सलाई दुई तर्फीबाट प्रवेश गर्न दिएको छ ।