21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी इनरवाले आज एक सूचना जारी गर्दै ब्यारेज पुलमा सवारी साधन आवतजावतमा रोक लगाएको जानकारी दिएको हो ।
आज शनिबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारी साधनहरूको आवतजावत बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए । उनले अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेका छन् ।
कोशी ब्यारेज भएर ५ लाख ३१ हजार क्युसेक पानीको बहाव भइरहेको जनाइएको छ ।