भोटेकोसीले बगायो लार्चाको पुल


Posted: Sept. 28, 2024
  Engineers Nepal

काठमाडौँ- अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ ।

शनिबार बिहान भोटेकोसी गाउँपालिकास्थित लार्चाको पुल बगाएको हो । पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ ।

अहिले भोटेकोसीको जलसतह बढ्दो क्रममा छ । भोटेकोसीको जलसतह बढेपछि तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन् ।






Leave a comment




Comments