नेपालको विकास प्रयास र सहमति कार्यान्वयनमा चीनको साथ सधैं : चिनियाँ उपप्रधानमन्त्री


Posted: Sept. 27, 2024
  Engineers Nepal

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ्सँग भेटवार्ता गरेका छन् ।

बेइजिङस्थिति ग्रेट हलमा भएको उक्त भेटमा अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवं विशेषता अनुरूप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरेका छन् ।

उनले पूर्वाधार विकास, गरिबी निवारणलगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनपर्ने जिकिर गरे ।

चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना दिए ।

उनले नेपालको विकास प्रयासमा चीन सधैं साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने बताए ।






Leave a comment




Comments