- 13 October 2024
- २०८१-०६-२७ (आइतबार)
काठमाडौँ- सरकारले नगर विकास कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार कार्यकारी निर्देशक छनोट सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक योग्य उम्मेदवारहरूले २१ दिनभित्र आवेदन बुझाउनु पर्ने कोषले जनाएको छ । साथै कार्यकारी निर्देशक बन्न ३५ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी वा इन्जिनियरिङ विषयहरूमध्ये एउटामा स्नातकोत्तर हासिल गरेको हुनुपर्ने छ । यस्ता उम्मेदवारहरूले कम्तीमा ५ वर्ष अनुभव प्राप्त गरेको हुनुपर्ने वा स्नातक गरेकाहरूको हकमा भने कम्तीमा ७ वर्ष अनुभव हुनुपर्ने सर्त तोकिएको सूचनामा उल्लेख छ ।
कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटा कार्यकाल पूरा गर्दै साउन १३ गते बिदा भएका थिए ।