05 May 2026
२०८३-०१-२२ (मंगलबार)
काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ । शहरी विकास मन्त्री समेत रहेका सिंहलाई आज भेटेर निर्माण व्यवसायीहरूले भुक्तानी माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ रहेको महासंघको दाबी छ । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएको आयोजना, स्थानीय अस्पताललगायतका आयोजनाको भुक्तानी नपाएको बताए ।
काम गरेअनुसारको रकम नपाउँदा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भएको उनको गुनासो छ ।