सञ्चार मन्त्रालयको सूचना प्रविधि विज्ञमा डा. शालिग्राम पराजुली नियुक्त


Posted: Sept. 24, 2024
  Engineers Nepal

काठमाडौँ- डा. शालिग्राम पराजुली सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सूचना प्रविधि विज्ञमा नियुक्त भएका छन् ।

मन्त्री पृथ्बीसुब्बा गुरुङले डा. पराजुलीलाई सोमबार सूचना प्रविधि विज्ञमा नियुक्त गरेका हुन् । पराजुली नेपाल टेलिकमका प्रबन्धक हुन् । उनी प्रबन्ध निर्देशकको दाबेदारी समेत थिए ।

उनी टेलिकममा कार्यरत रहेको २५ वर्ष भइसकेको छ ।






Leave a comment




Comments