05 May 2026
२०८३-०१-२२ (मंगलबार)
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।
परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्रिविले मंगलबार एक सूचना सार्वजनिक गर्दै समय सीमा कटेका कारण परीक्षा दिन नपाएका आफ्ना विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने पनि निर्णय भएको जनाएको छ ।
वार्षिक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय बैठकले गरेको छ ।