21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीले बाँकेको कोहलपुर नगरपालिकालाई इन्जिनियरको पदपूर्ति नगर्न माग गरेको छ ।
एशोसिएसनका प्रदेश सभापति महेश्वर लम्सालले लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुन बनिसकेको अवस्थामा स्थानीय तहले करारमा इन्जिनियर पदपूर्ति गर्न नहुने बताए । 'विधेयकमा सातौं तहबाट मात्र इन्जिनियरको सेवा प्रवेश हुने व्यवस्था भएकाले विधेयक प्रमाणीकरणको प्रक्रियामा रहेका बेला विधेयकसँग बाझिने गरी छैठौँ तहमा पदपूर्ति गर्न खोज्नु गलत हो । यसरी प्रवेश गराउन खोज्नु इन्जिनियरमाथि अन्याय हो,' उनले भने ।
कोहलपुर नगरपालिकाले भदौ १७ गते नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, छैठौँ तह, इन्जिनियर पदमा एक जना करार सेवाबाट पदपूर्ति गर्न विज्ञापन गरेको थियो ।