21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- काठमाडौँ महानगरपालिले निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पूरा नगरेको हकमा पटके जरिवाना तोकेको छ ।
सार्वजनिक निर्माण विभाग काठमाडौँ महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै महानगरपालिका आर्थिक ऐन, २०८१ को अनुसूची-१६ मा निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पूरा नगरेको हकमा पटके जरिवाना तोकेको जनाएको हो ।
महानगरपालिका क्षेत्रभित्र निर्माण कार्य गर्दा तोकिएको मापदण्ड तथा कानुनको पूर्ण पालना हुने गरी मात्र गर्न र गराउन सबै निर्माण व्यवसायी तथा सर्वसाधारणलाई आग्रह समेत गरिएको छ ।
जस अन्तर्गत स्वीकृति नलिई सडक तथा फुटपाथ खनेमा ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै निर्माणजन्य फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने कार्य गरेमा पनि जरिवाना लाग्ने छ ।
हेरौँ सूचना: