दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत सहयोग हुन सक्ने आयोजनाहरूको लागि अवधारणापत्र आव्हान


Posted: Sept. 21, 2024
  Engineers Nepal

काठमाडौँ- दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत सहयोग हुन सक्ने आयोजनाहरूको लागि अवधारणापत्र आव्हान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले आज एक सूचना सार्वजनिक गर्दै अवधारणापत्र आव्हान गरेको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत रहने गरी भायबिलिटी ग्याप फण्डिङ्गमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्डको स्थापना गरेको छ । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको मुख्य लक्ष्य वितरित दिगो ऊर्जा परियोजनाहरूमा निजी क्षेत्रको लगानी वृद्धि गर्ने तथा सबैमा ऊर्जाको पहुँच पुऱ्याउन सहयोग गर्ने रहेको केन्द्रले जनाएको छ ।

कार्यक्रमले दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत वितरित दिगो ऊर्जा परियोजनाहरूको वित्तीय सम्भाव्यता र सञ्चालनको लागि वित्तीय र प्राविधिक सहायता प्रदान गर्दै आएको समेत जारी सूचनामा उल्लेख छ ।

दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत सम्भाव्य परियोजनाहरूमा सहयोगको लागि दुई चरणमा आवेदन आव्हान गरिएको छ । पहिलो चरणमा सम्भावित वितरित दिगो ऊर्जा परियोजनाको अवधारणा पत्रको आह्वान गरिएको छ भने दोस्रो चरणमा पहिलो चरणबाट छनौट भएका अवधारणापत्रहरूबाट पूर्ण प्रस्ताव आव्हान गरिएको छ ।

उक्त अवधारणापत्र अनलाइन आवेदन पोर्टल (www.secf.nrepnepal.com) मार्फत पेस गर्नु पर्नेछ ।

सूचना:






Leave a comment




Comments