नेपाल भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा ई. सञ्जय महतो निर्विरोध


Posted: Sept. 21, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा ई. सञ्जयकुमार महतो निर्वाचित भएका छन् । शुक्रबार भएको एसोसिएसनको छैठौँ अधिवेशनमा महतोसहित १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास वाग्ले, मनिष कर्ण, यमलाल पाण्डे र प्रज्ञान घिमिरे चयन भएका छन् । भने, महासचिवमा अशोककुमार सिलवाल, सचिवमा रविन्द्र अधिकारी र कोषाध्यक्षमा सन्देश श्रेष्ठ निर्वाचित भएका छन् ।

केन्द्रीय कार्यसमिति सदस्यमा सचिन भट्टराई,  श्रीबोध ज्ञवाली,  आश्मा पोखरेल, उपेन्द्र लुईटेल,  हृदय खड्का र सरोज श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न १२ सय इञ्जिनियरहरूको सहभागिता थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक इन्जिनियर सुवास जोशीले प्रमाणपत्र वितरण गरेका थिए ।






Leave a comment




Comments