21 April 2025
२०८२-०१-०८ (सोमबार)
आर्थिक वर्ष ०८०/८१ मा निजामती सेवामा २ हजार ६८८ जना उम्मेदवारहरु स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।
लोकसेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार गत आवमा ७४४ महिला र एक हजार ९४४ पुरुष निजामतीमा स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन् ।
लोकसेवाको प्रतिवेदनअनुसार सबैभन्दा बढी कर्मचारी सिफारिस गुल्मीबाट भएका छन्। गुल्मीबाट १०४ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा स्याङ्जाबाट १०२ जना सिफारिस भएका छन्।
सर्लाहीबाट ९१, धनुषाबाट ७८ र कञ्चनपुरबाट ७३ जना सिफारिस भएका छन्। मनाङ र मुस्ताङबाट कुनै पनि उम्मेदवार नाम निकाल्न सफल भएका छैनन्।