छैठौं‌ तहमा इन्जिनियरको विज्ञापन खुलाइएको भन्दै नेइए लुम्बिनीको ध्यानाकर्षण, स्थगित गर्न माग


Posted: Sept. 19, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेश कार्यकारिणी समितिले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, छैठौं तह, इन्जिनियर पदमा करार सेवाबाट पदपूर्ति गर्न प्रकाशित भएको सूचनामा छैठौं तहको लागि विज्ञापन गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अर्घाखाचीको मालारानी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले भदौ ३० गते छैठौ‌ तहमा सिभिल इन्जिनियरको माग गरेको थियो ।

विज्ञापन:

विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले उक्त पदपूर्ति स्थगित गर्न माग गर्दै असोज २ गते विज्ञप्ति जारी गरेको हो ।

लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका क्रममा रहेको समयमा छैठौं तहमा विज्ञापन गरिनु खेदजनक भएको समितिले जनाएको छ ।

प्रदेश सभाबाट पारित भएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सातौं तहमा विज्ञापन गर्ने स्पष्ट प्रावधान रहेकाले तत्कालका लागि उक्त विज्ञापन स्थगित गरी विधेयक प्रमाणीकरण भए पश्चात उक्त पदका लागि सातौं तहमा विज्ञापन गर्ने व्यवस्थाको लागि समितिले अनुरोध समेत गरेको छ ।


 






Leave a comment




Comments