21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल भ्यालुयर्स एशोसिएशन काठमाडौँको छैठौं अधिवेशन-२०८१, भोलि हुँदै छ । अधिवेशन असोज ४ गते शुक्रबार काठमाडौंको मूलपानीमा सम्पन्न हुने छ ।
अधिवेशनमा महासिचव ई. दिनेशकुमार पाठकले प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ भने अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरूले शुभकामना मन्तव्य तथा सम्बोधन गर्ने छन् ।
प्रमुख अतिथिबाट पूर्व कार्यकारीहरू तथा आ. लैला श्रेष्ठ र ई. निर्जला श्रेष्ठ चौधरी, ई. विवेक श्रेष्ठ र ई. जिवन अर्याललाई बधाई तथा सम्मान दिइने कार्यक्रम रहेको छ । यस्तै कोषाध्यक्ष ई. मनिषकर्णले आर्थिक प्रतिवेदन पेस गर्ने छन् भने पाँचौं कार्य समितिद्वारा तयार गरिएको विविध प्रस्तावहरू निर्णयार्थ पेस गरिने कार्यतालिका रहेको छ ।
साथै प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरू माथि छलफल हुने र प्रमुख अतिथि तथा अन्यलाई कार्यक्रम अध्यक्षबाट मायाको चिनो समेत प्रदान गरिने छ । यस्तै धन्यवाद मन्तव्य र प्रगति विवरणसहित कार्यक्रम अध्यक्ष ई. ऋषि कोइरालाले उद्घाटन र बन्द सत्रको समापन गर्ने छन् । तत्पश्चात् निर्वाचनको कार्यक्रम सुरु हुने जनाइएको छ ।
कार्यतालिका: