१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग


Posted: Sept. 16, 2024
  Engineers Nepal

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीहरूलाई स्पष्टीकरण सोधेको छ ।

कार्यालयले भदौ ३१ गते एक सूचना जारी गर्दै १० निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको हो । यसअघि कालोसूचीमा राख्नु नपर्ने आधार प्रमाणसहित लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको म्याद दिँदा समेत वास्ता नगरेकाहरूलाई सात दिनको म्याद दिएर लिखित स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण सोधिएकाहरूमा युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि कालिकास्थान लगायत छन् । हरिवंश आरण मुख्य व्यक्ति भएको यो कम्पनीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार ललितपुरले कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

यसैगरी प्रशुरामा पाध्याय मुख्य व्यक्ति रहेको नाटेश्चरी निर्माण सेवा एण्ड अडर सप्लायर्स बाजुरा, आङछेन लामा मुख्य व्यक्ति रहेको ट्राभल क्रियु कन्स्ट्रक्सन काभ्रे, चन्द्रबहादुर शाही मुख्य व्यक्ति भएको यास के शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि हुम्ला, प्रभात भट्ट मुख्य व्यक्ति भएको सिद्धार्थ ट्रेड एण्ड सप्लायर्स कैलालीलगायत छन् ।

यसैगरी नेपाल टेलिकमले कालोसूचीमा राख्न सिफारिस गरेको चीनको एम/एस इन्सपुर सफ्टवेयर ग्रुप र डिल्लीराम अधिकारी मुख्य व्यक्ति भएको एम/एस एम.डी. अप्टिकल सोलुसन प्रालि पोखरालाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।

सुरेन्द्र तामाङ मुख्य व्यक्ति भएको शिलादेवी एस.बी.डी. निर्माण सेवा तनहुँ, अमन यादव मुख्य व्यक्ति भएको अमन कन्स्ट्रक्स कम्पनी बर्दिया र रविनकुमार जोशी मुख्य व्यक्ति भएको राजेन्द्र/रफिना/राम जेभी बुद्धनगर काठमाडौँसँग पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।






Leave a comment




Comments