21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले ७ जना डिभिजनल इन्जिनियर (डि.ई.) माग गरेको विज्ञापन संशोधन गरेको छ ।
भदौ २८ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरेको अधिकृत नवौं तहको अन्तर तह/खुला तथा समावेशी पदको विज्ञापनसम्बन्धी सूचनामा प्राविधिक त्रुटिको कारण देखाउँदै विज्ञापन संशोधन गरेको हो । संशोधित विज्ञापन पुन: भदौ ३० गते प्रकाशन गरेको छ ।
आयोगले शिक्षा सेवा तर्फको शिक्षा प्रशासन समूह, उपसचिव/उपनिर्देशक पदमा अन्तर तह प्रतियोगिताका लागि १ पद माग हुन गएको र प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समूह/इरिगेसन उपसमूह अन्तर्गत अन्तर तह प्रतियोगिताका लागि समेत १ पद माग गरिएको विज्ञापन प्रकाशन गर्नुपर्नेमा छपाइका क्रममा प्राविधिक त्रुटिका कारणले छुट्न गएको उल्लेख गरेको छ ।
विस्तृत संशोधित विज्ञापन आयोगको वेबसाइट www.ppsc.lumbini.gov.np मा समेत राखिएको सकिने छ ।
हेर्नुहोस् विज्ञापन: