मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदका लागि दरखास्त आह्वान


Posted: Sept. 15, 2024
  Engineers Nepal

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर, सुर्खेतले रजिस्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ । भदौ ३० गते एक सूचना गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता र मापदण्ड पुगेका योग्य नेपाली नागरिकद्वारा प्रथम पटक सूचना प्रकाशित मितिले दश दिनभित्र आवेदन दिन दरखास्त आह्वान गरिएको हो । 

उक्त पदका लागि शैक्षिक प्रशासनमा विशिष्टता प्राप्त गरेको व्यक्ति हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयका प्राध्यापक वा कम्तीमा दश वर्ष सेवा पुगेका सह-प्राध्यापक हुनुपर्ने, योग्यता र मापदण्डहरू खुलाइएको वैयक्तिक विवरण (CV) पेस गर्नुपर्ने छ । साथै बढीमा तीन हजार शब्दसम्मको विश्वविद्यालय सुधारसम्बन्धी अवधारणा पत्र पनि पेस गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति हुने व्यवस्था अनुसार इच्छुक व्यक्तिहरूले निवेदनसहित उल्लेखित योग्यता र मापदण्डहरूको स्क्यान प्रति इमेल ठेगाना | [email protected] मा पठाई दरखास्त दिनका लागि भनिएको छ । पुनश्चः आवेदकमध्ये छोटो सूचीमा परेका व्यक्तिहरूलाई रजिस्ट्रार छनोट समिति समक्ष अवधारणा पत्र प्रस्तुतीकरणका लागि सूचित गरिने छ ।

सूचना:






Leave a comment




Comments