नेइए केन्द्रीय कार्यकारिणी समिति निर्वाचन : कांग्रेसनिकट सिडेनका उम्मेदवार विजयी


Posted: Sept. 15, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा नेपाली कांग्रेसनिकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए ।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सह कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन्

२५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । शक्रबार मतदान भएर आइतबार सकिएको मतगणनामा डेमोक्रेटिक इन्जिनियर्स समूहले केन्द्रीय कार्य समितिमा बहुमतले जित हासिल गरेको हो ।

आधिकारिक घोषणा भने आज आइतबार साँझ ५ बजे गर्ने निर्वाचन समितिका सदस्य दिनेश चन्द्र यादवले जानकारी दिए ।






Leave a comment




Comments