21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको हिजो शुक्रबार सम्पन्न भएको निर्वाचनमा नतिजा आउने क्रम जारी छ ।
केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा सिडेनका उम्मेदवार ई. सुवास चन्द्र बराल अगाडि छन् । १८३४ मत गन्दा उनले ८९० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी पिनका ई.प्रा.डा. विष्णुप्रसाद पाण्डेले ५४४ मतसहित पछ्याइरहेका छन् ।
हाल २५ सय मत गनिसकेको केन्द्रीय निर्वाचन समिति २०८१ पुल्चोक, ललितपुरका संयोजक पवन भट्टराईले जानकारी दिए । सम्पूर्ण विवरण आउन अझै एक घन्टा लाग्न सक्ने उनले बताए ।