21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले ७ जना डिभिजनल इन्जिनियर (डि.ई.) माग गरेको छ । अधिकृत नवौँ तहका (अप्राविधिक/प्राविधिक) पदहरूमा विज्ञापन खुलाउँदै आयोगले ७ जना डि.ई.को माग गरेको हो ।
विज्ञापन भदौ २८ गते खुलाइएको हो । लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १३ को उपदफा (३) बमोजिम लुम्बिनी प्रदेश सरकार मातहतका मन्त्रालय तथा निकायहरूमा सेवा समूह र उपसमूहका नवौं तहका (प्राविधि/अप्राविधिक) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट माग गरिएको सूचनामा उल्लेख छ । उक्त पदहरूमा प्रदेश निजामती सेवा ऐन तथा नियमावली बमोजिम अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूले विद्युतीय (online) दरखास्त दिन सक्ने छन् ।
उम्मेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np) बाट (online) दरखास्त दिनुपर्नेछ ।
हेर्नुहोस् सूचना: