नेइए निर्वाचन : काठमाडौँको मतगणना सुरु हुँदै, अपराह्नसम्म नतिजा आउने


Posted: Sept. 14, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन हिजो शुक्रबार सम्पन्न भएको छ ।

आर्मी क्लबमा सम्पन्न भएको निर्वाचनमा काठमाडौँमा मात्र ४६७० मत खसेको छ । अहिले काठमाडौँको मतगणना सुरु भएको छ । नतिजा पनि आज अपराह्नसम्म आइपुग्ने केन्द्रीय निर्वाचन समिति २०८१ पुल्चोक, ललितपुरका सदस्य दिनेश चन्द्र यादवले जानकारी दिए ।

निर्वाचन इभोटिङको माध्यमबाट गरिएको थियो । मतदानका लागि ५२ वटा भोटिङ मेसिन राखिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ ६ बजे सकिएको थियो ।

यसैगरी प्रदेशमा गण्डकी र सुदूरपश्चिमको नतिजा आइसकेको छ । यी दुवै प्रदेशमा सिडेनको प्यानल विजयी भएको छ । गण्डकी प्रदेश कार्यकारिणी समितिमा सभापतिका उम्मेदवार ई.सन्तोष जि.सि नेतृत्वको सिडेनको प्यानल नै निर्वाचित भएको हो । 

गण्डकीको पोखरा मतदान केन्द्रमा भएको मतदानमा सिडेका ई.सन्तोष जि.सिले ५९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पिनका उम्मेदवारका ई. महेन्द्रबहादुर गोदारले ४७६ मत प्राप्त गरेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिमा सभापतिका उम्मेदवार ई. नवीन राज जोशी नेतृत्वको सिडेनको प्यानल नै निर्वाचित भएको छ । 

सुदूरपश्चिमको धनगढी मतदान केन्द्रमा खसेको जम्मा ४४२ भोटमा सिडेका ई. जोशीले ३५८ मत प्राप्त गरी विजयी भएका छन् । भने, उनका प्रतिस्पर्धी पिनका उम्मेदवारका ई. कौशलबहादुर विष्टले ८२ मत प्राप्त गरेका छन् ।
 






Leave a comment




Comments