21 April 2025
२०८२-०१-०८ (सोमबार)
नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको हिजो सम्पन्न भएको निर्वाचनको गण्डकी प्रदेशको नतिजा आएको छ ।
गण्डकीप्रदेश कार्यकारिणी समितिमा सभापतिका उम्मेदवार ई.सन्तोष जि.सि नेतृत्वको सिडेनको प्यानल नै निर्वाचित भएको छ ।
गण्डकीको पोखरा मतदान केन्द्रमा भएको मतदानमा सिडेका ई.सन्तोष जि.सिले ५९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी पिनका उम्मेदवारका ई. महेन्द्र बहादुर गोदारले ४७६ मत प्राप्त गरेका छन् ।