नेइए निर्वाचन: सुदूरपश्चिममा सिडेनको प्यानल नै विजयी (मतपरिणामसहित)


Posted: Sept. 14, 2024
  Engineers Nepal

नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको हिजो सम्पन्न भएको निर्वाचनको नतिजा प्रकाशन हुन सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिमा सभापतिका उम्मेदवार ई. नवीन राज जोशी नेतृत्वको सिडेनको प्यानल नै निर्वाचित भएको छ । 

सुदूरपश्चिमको धनगढी मतदान केन्द्रमा खसेको जम्मा ४४२ भोटमा सिडेका ई. जोशीले ३५८ मत प्राप्त गरी विजयी भएका छन् ।  उनका प्रतिस्पर्धी पिनका उम्मेदवारका ई. कौशलबहादुर विष्टले ८२ मत प्राप्त गरेका छन् । 






Leave a comment




Comments