21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन सम्पन्न भएको छ ।
आर्मी क्लबमा सम्पन्न भएको निर्वाचनमा काठमाडौँमा मात्र ४६७० मत खसेको छ । यस्तै धनगढी मतदान केन्द्रमा ४४२ मत, सुर्खेतमा १७३, बिर्तामोडमा ९९, बुटवलमा ९५२, बिरगंजमा २५४, पोखरामा १०८४, हेटौंडामा ७५, चितवनमा २०९, बिराटनगरमा ४२०, दाङमा १७६ मत खसेको छ भने नेपालगन्ज र इटहरीको संख्या आउन बाँकी छ ।
निर्वाचन इभोटिङको माध्यमबाट गरिएको थियो । मतदानका लागि ५२ वटा भोटिङ मेसिन राखिएको थियो । आज शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ ६ बजे सकिएको थियो ।
मतगणनाको विषयमा केही बेरमा मिटिङ बस्ने केन्द्रीय निर्वाचन समिति २०८१ पुल्चोक, ललितपुरका संयोजक पवन भट्टराईले जानकारी दिए । उनले मतगणनाको प्रक्रिया भोलि बिहानदेखि सुरु हुनसक्ने पनि बताए ।