21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन जारी छ ।
निर्वाचन इभोटिङको माध्यमबाट भइरहेको छ । मतदानकै क्रममा इन्जिनियरहरूले आफ्ना दलका उम्मेदवारको नाम लिष्ट भएको पर्चा हेर्दै मत दिइरहेका छन् । आफ्नो दल तथा पार्टीका उम्मेदवारलाई जिताउन मतदाताहरूले पर्चा हेरेर मतदान गरिरहेका हुन् ।
यसबाट मतदाताले आफू निकट प्यानललाई नचिनेर पनि चिटको साहारा लिनुपर्ने अवस्था आएको देखिन्छ । मतदाताले उम्मेदवारको क्षमता तथा योग्यता नहेरी पार्टी र गुटगतलाई मत दिने मनसायले चिट चोरेको त्यहाँ उपस्थित एक जना प्रत्यक्षदर्शीले बताएका छन् ।
निश्पक्ष रूपमा हुनुपर्ने निर्वाचनमा यसरी चिट चोरेर मतदान दिने कार्य मापदण्ड विपरीत हो । यद्यपी बौद्धिक वर्गमा गनिने इन्जिनियरहरूले यस्तो कार्य गरेको प्रति उनले आपत्ति समेत जनाएका छन् ।
आज शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म जारी रहने छ । सो पश्चात् मात्र मतगणना सुरु हुने समयबारे छलफल हुने बताइएको छ ।