इन्जिनियर्स एशोसिएसन निर्वाचन : मतपरिणाम कहिलेसम्म आउँछ ?


Posted: Sept. 13, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन जारी छ ।

आज शुक्रबार बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको हो । निर्वाचन इभोटिङको माध्यमबाट भइरहेको छ । 

निर्वाचनको नतिजाबारे अझैसम्म छलफल हुन नसकेको केन्द्रीय निर्वाचन समिति २०८१ पुल्चोक, ललितपुरका संयोजक पवन भट्टराईले बताएका छन् । साँझ ५ बजेसम्म मतदान गर्न भित्र प्रवेश गरिसकेका मतदाताले मत दिइसकेपछि सबै संगठनसँग मतगणनाबारे छलफल हुने उनले बताए ।

उनले भने, 'आज कति बजेसम्म चुनाव हुन्छ थाहा भएन । ५ बजेसम्म भित्र छिरिसकेकाहरूले मतदान गरिसकेपछि सबै संगठनका उम्मेदवारहरूको प्रतिनिधिसँग छलफल गरेर हाम्रो यहाँ नहुने भयो आर्मीको प्रोटोकलले राति बन्द गर्नुपर्छ । हामीले अर्को ठाउँमा लैजानुपर्ने हुन्छ यसैले अहिले ठ्याक्कै भन्न सक्ने स्थिति छैन ।'

संयोजक भट्टराईका बेलुका ५ बजेपछि मात्र मतगणना सुरु गर्ने समयबारे थाहा हुने छ । 

साथै निर्वाचनमा मतदान गर्न आउँदा साथमा नेइएको परिचय पत्र र नेपाल सरकारद्वारा जारी कुनै एक फोटोसहितको परिचयपत्र लिएर आउन समितिले आग्रह गरेको छ । 
 






Leave a comment




Comments