लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ई. सुशील ज्ञवाली नियुक्त


Posted: Sept. 13, 2024
  Engineers Nepal

काठमाडौँ- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ई. सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो ।

बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा परेका थिए । जसमा ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघु राज काफ्ले, रामदेव यादव र भिष्म राज ढुंगाना रहेका थिए ।

ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए ।






Leave a comment




Comments