इन्जिनियर्स एशोसिएसनको निर्वाचन सुरु, मतदान गर्न के-के चाहिन्छ ?


Posted: Sept. 13, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएसन ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन आज हुँदै छ ।

शुक्रबार बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको हो । निर्वाचनमा मतदान गर्न आउँदा साथमा नेइएको परिचय पत्र र नेपाल सरकारद्वारा जारी कुनै एक फोटोसहितको परिचयपत्र लिएर आउनुपर्ने छ । इभोटिङको माध्यमबाट निर्वाचन भइरहेको छ ।

जारी निर्वाचनका लागि देशभित्र विभिन्न स्थानहरूमा मतदान केन्द्र तोकिएको छ । मतदाता नामावलीमा आ-आफ्नो नाम रहेको मतदान केन्द्रमा गई मतदान गर्न हुन समेत सूचीत गरिएको छ । मतदान केन्द्र अनुसारको मतदाता नामावली www.neanepal.org.np को Download मा गई हेर्न सकिने छ ।

मतदान बिहान ८:०० देखि बेलुकी ५:०० बजेसम्म हुने केन्द्रीय निर्वाचन समिति २०८१ पुल्चोक, ललितपुरले जनाएको छ ।

यस्तै निर्वाचनमा भाग लिन एशोसिएसनको परिचयपत्र आवश्यक पर्ने भएकोले परिचयपत्र नहुने मतदाता सदस्यहरूले भदौ २५ गतेभित्र एशोसिएसनको केन्द्रीय कार्यालयबाट परिचयपत्र बनाउन अथवा भदौ २३ गतेदेखि Membership Online System मा Login गरी आफ्नो परिचय पत्र Download गरी Print गर्न सकिने निर्वाचन समितिले जनाएको छ । 'एशोसिएसनको परिचयपत्र भदौ २५ गते कार्यालय समय उप्रान्त बनाउन नसकिने र वितरण नगरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,' निर्वाचन समितिद्वारा जारी सूचनामा भनिएको छ ।

सूचना:


 






Leave a comment




Comments