भीम उपाध्यायले गरे नेपाल इन्जिनियर्स एशोसिएनको चुनाव बहिस्कार


Posted: Sept. 12, 2024
  Engineers Nepal

काठमाडौँ- पूर्वसचिव तथा सिभिल इन्जिनियर भीम उपाध्यायले नेपाल इन्जिनियर्स एशोसिएन (नेइए) को चुनाव बहिस्कार गरेका छन् ।

नेइएमा राजनीतिकरण तथा दलीय गतिविधि धेरै बढेको भन्दै उपाध्यायले चुनाव बहिस्कार गरेको जनाएका हुन् । उपाध्याय एक स्वतन्त्र अभियन्ता हुन् । उनी पुराना राजनीतिक दलका कुनै पनि पार्टी तथा भातृ संगठनको विपक्षमा रहँदै आएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'क्षमा चाहन्छु ! यसपटक मैले इन्जिनियर नेताको चुनावमा भाग नलिने निर्णय गरेको छु । शुभकामना !'

यस्तै इन्जिनियर डा. शंकर ढकालले पनि नेइएको चुनाव बहिस्कार गरेका छन् । उनी पनि स्वतन्त्र विचारक हुन् । उनी पनि सुरुवाती दिनदेखि नै दलीयरणको विपक्षमा रहँदै आएका छन् । उनले केही समयअघि नेइएको निर्वाचनलाई पूर्णरूपमा बहिष्कार गर्ने घोषणा गरेका थिए । उनले उक्त घोषणा गर्दैगर्दा आफूलाई पनि उम्मेदवार (नेता) बनाई निर्वाचन लड्न/लडाउन वा भोट माग्न कसैले आग्रह नगर्न हुन अनुरोध समेत गरेका थिए ।

नेइएको चुनाव भोलि शुक्रबार हुँदैछ ।  






Leave a comment




Comments