इञ्जिनियर्स एशोसिएसनको निर्वाचनमा पिनका उम्मेदवारलाई प्रधानमन्त्रीको शुुभकामना


Posted: Sept. 11, 2024
  Engineers Nepal

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूूहलाई शुुभकामना दिएका छन् ।

प्रा डा विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे ।

'यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरूले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँल,' प्रधानमन्त्री ओलीले भने ।






Leave a comment




Comments