नेइए चुनाव विवाद : दुई पक्षबीच छलफल हुन सकेन, २७ गते पेसी


Posted: Sept. 10, 2024
  Engineers Nepal

काठमाडौँ- नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को आसन्न निर्वाचन विवादमा उच्च अदालत पाटनले जारी गरेको आदेशअनुरुप दुई पक्षबीच छलफल हुन सकेन । 

उच्च अदालतले भदौ २४ गते दुवै पक्षसँग छलफलका लागि बोलाउन आदेश जारी गरेको थियो । तर, अदालतीय बहस ढिलाइका कारण सो दिन दुई पक्षबीच छलफल हुन नसकेको निवेदक इन्जिनियर अन्तिम प्रसिद्ध धितालले जानकारी दिए । अब आगामी २७ गतेका लागि पेसी तोकिएको उनले बताए । 

नेइएले विधानको मर्मविपरीत चुनाव गरेको र यसरी गैरराजनैतिक संस्थामा राजनीतिकरण गरिएको प्रति आफूहरूलाई चित्त नबुझेर प्रमाणसहित उच्च अदालत पाटनमा ई. धितालले निवेदन दिएङ्का थिए । सोही आधारमा अदालतले भदौ २४ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । 

यो पनि,

नेइए निर्वाचन विवाद : उच्च अदालत पाटनले दुवै पक्षलाई बोलायो






Leave a comment




Comments