21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ई. सुवासचन्द्र बरालको नेतृत्वको प्यानललाई जिताउन आग्रह गरेका छन् ।
इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनका लागि नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा महामन्त्री थापाले केन्द्रीय अध्यक्षका उम्मेदवार बरालको नेतृत्वको प्यानललाई जिताउन आग्रह गरेका हुन् । निर्वाचन लक्षित कार्यक्रममा थापाले सिडेनमा अझ बढी समावेशी भएको हर्न चाहेको इच्छा पनि व्यक्त गरे । उनले भने, 'सिडेनमा यो भन्दा अझ बढी समावेशी हुनु भएको हरेन चाहन्छु । चाहे त्यो महिलाका सवालमा होस् या अन्य समावेशी हुनुपर्छ ।'
सोही कार्यक्रममा थापाले आफू भावी प्रधानमन्त्री भएको पनि दाबी गरेका छन् । 'नेकपा एमालेको प्रगतिशील इन्जिनियर समूह पिनको भोलिको कार्यक्रममा अहिलेको प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भने सिडेनको अहिलेको कार्यक्रममा हुनेवाला प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो भनिदिनुस न,' उनले भने ।
अध्यक्षका उम्मेदवार बराल आफ्नो लागि असल मान्छे भएको भन्दै थापाले बराल नेतृत्वको टिम नै कुशलतापूर्वक लाग्नेमा विश्वास व्यक्त गरे । यस्तै चुनाव जित्नका लागि अझ धेरै खटिएर प्रचारप्रसार गर्न निर्देन दिए । नेइएमा सिडेनले काम गर्दै आएको र यसैको आधारमा भोट माग्नुपर्ने बताए । उनले सिडेन पार्टीको 'थिकट्याङ्क' भएको पनि जिकिर गरे । यस्तै सिडेनको प्रतिबद्धता पत्र कांग्रेसको प्रतिबद्धता पत्र भएको भनाइ उनले राखे ।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि इन्जिनियरिङ एसोसिएसनको निर्वाचन हुँदै छ ।