नेपाल इन्जिनियरिङ परिषद्मा रिक्त सात सदस्य नियुक्त


Posted: Sept. 6, 2024
  Engineers Nepal

काठमाडौँ । सरकारले नेपाल इन्जिनियरिङ परिषद्को रिक्त सदस्यमा नियुक्त गरेको छ । 

 बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ परिषद्को प्रदेश अनुसार रिक्त सात सदस्य नियुक्ति गर्ने निर्णय गरेको हो । 

नियुक्त हुनेमा सुदुरपश्चिम प्रदेशबाट बिनोद कुमार पाल, कर्णाली प्रदेशबाट अम्बिका महत, लुम्बिनी प्रदेशबाट लेखनाथ पाण्डे, गण्डकी प्रदेशबाट डा. राममणी अधिकारी, बागमती प्रदेशबाट निर्जला श्रेष्ठ चौधरी, मधेश प्रदेशबाट श्याम किशोर यादव र कोशी प्रदेशबाट लैला श्रेष्ठ मनोनयन भएका छन् । 

नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ मा प्रत्येक प्रदेशबाट समावेशी सिद्धान्तको आधारमा कम्तीमा तीन जना महिला सहित सात जना नियुक्त गर्नुपर्ने प्रावधान उल्लेख छ । 


 






Leave a comment




Comments