नेइए चुनावमा महिला सहभागिता : इन्जिनियर समाजबाट ५ जना, नियोन र जनमत युनियनमा शून्य


Posted: Sept. 6, 2024
  Engineers Nepal

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३४ औं कार्यकारिणी समितिको निर्वाचन आगामी भदौ २८ गते शुक्रबार हुँदै छ । केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा ६ जना भिड्दै छन् । निर्वाचनमा उम्मेदवारहरू आ-आफ्ना दल निकट प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेइएको कार्यकारिणी समितिका लागि अध्यक्षसहित सबै पदमा ११३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये अध्यक्ष पदमा लागि ६ जना, उपाध्यक्ष पदका लागि ७, महासचिव पदका लागि ६, उप-महासचिवका लागि ७, कोषाध्यक्षका लागि ७, सह-कोषाध्यक्षका लागि ७ जना र १२ सदस्यका लागि ७३ जना चुनावी मैदानमा छन् । 

ठूलो संख्यामा उम्मेदवारहरू रहदा समेत महिला उम्मेदवारहरूको सहभागिता न्यून रहेको देखिन्छ । ११३ जना उम्मेदवारहरूमा महिला संख्या मात्र १२ रहेको छ । त्यसमा पनि अध्यक्ष र उपमहासचिव पदका लागि महिलालाई उम्मेदवारका रूपमा कुनै पनि प्यानलले सहभागी गराइएका छैनन् । साथै उपाध्यक्षमा एक, महासचिवमा एक, कोषाध्यक्ष पदमा दुई जना, सहकोषाध्यक्ष पदमा एक र सदस्य पदका लागि सात जना महिला इन्जिनियरको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बाट नेइए केन्द्रको प्यानलमा मात्र एक जना महिलालाई स्थान दिएको छ । सिडेनबाट आर्किटेक्ट प्रियकां गुप्ता सदस्यको उम्मेदवार छिन् । 

नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पीन) बाट केन्द्रमा ३ जना महिला उम्मेदवार छन् । पदाधिकारीमा कोषाध्यक्षको उम्मेदवार ई.बिन्दु पौडेल र सदस्यमा ई.राधा ढकाल र आ.एलिसा गौतम रहेका छन् । 

यस्तै नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (नियोन) मा महिला सहभागिता शून्य रहेको छ ।

एकीकृत समाजवादीको समाजवादी इन्जिनियरिङ नेपाल (सीन) मा एक जना महिलाको सहभागिता रहेको छ । सीनबाट उपाध्यक्षको पदमा ई. कृष्णा जिसी उम्मेदवार छिन् । 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को इन्जिनियर समाज नेपालबाट सबैभन्दा धेरै पाँच जना महिलाको सहभागिता रहेको छ । महाचिवमा ईं. डा. अनिता प्रजापति, कोषाध्यक्षमा ई.सुस्मिता थापा सदस्यहरुमा आ. प्रमिलिा शिल्पकार, आ. रबिता शिल्पकार र आ. सुशम्ना श्रेष्ठ रहेका छन् । 
त्यस्तै केही पदमा मात्र उम्मेदवारी दिएको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स एशोसिएसनले ई. सजिना कार्कीलाई सह-कोषाध्यक्ष र ई.सविता महतलाई सदस्य पदमा उठाएको छ । 

केन्द्रीय कार्यकारिणी समितिका उम्मेदवारको नामावली हेर्न यहाँ क्लीक गर्नुहोस्






Leave a comment




Comments