05 May 2026
२०८३-०१-२२ (मंगलबार)
बुटवल । प्रदेश विधेयकमा कर्मचारीबिचको असमानता हटाउन पिनको ध्यानाकर्षण गराएको छ ।
लुम्बिनी प्रदेश सभाले ल्याउन लागेको निजामती ऐनमा कर्मचारीबिचको असमानता हटाइ एकरुपता ल्याउन अनुरोध गर्दै प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)ले शनिबार स्थानीय सेवाको गठन, संचालन र लुम्बिनी प्रदेश सभाका सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक समितिका सभापति भोज प्रसाद श्रेष्ठलाई आइतबार ध्यानाकर्षण गराएको हो।
ध्यानाकर्षण पत्र बुझ्दै समिति सभापति श्रेष्ठले आफूहरू सधैं कर्मचारीको पक्षमा रहेको बताउँदै विभेदको अनुभूति नहुनेगरी ऐन आउने धारणा राखेको ई हेमन्त शाहीले जानकारी दिए ।
नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनका लुम्बिनी प्रदेश सभापतिका उम्मेदवार ई.जयलाल मरासिनी, लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदका उम्मेदवार ई. बलराम पौडेल लगायतले ध्यानाकर्षण पेश गरेका छन् ।
