नेइए चुनाव : प्रदेश दौडाहामा सिडेनको टोली


Posted: Aug. 29, 2024
  Engineers Nepal

काठमाडौँ- इञ्जिनियर सुवासचन्द्र बरालले नेतृत्व गरेको लोकतान्त्रिक समूह (सिडेन) को उम्मेदवारहरूको टोली अहिले प्रदेश दौडाहामा छ । 

भदौ ११ मा चितवनको भरतपुरबाट सुरु गरी हेटौंडा हुँदै वीरगञ्‍जसम्म उम्मेदवार परिचयात्मक तथा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ । लोकतान्त्रिक समूहका नेता तथा उमेदवारहरूले आज मधेश प्रदेशको जनकपुमा आयोजना हुने उमेदवार परिचयात्मक तथा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । लोकतान्त्रिक समूहबाट मधेश प्रदेशमा ई अजित यादव नेतृत्वको समूह चुनावी मैदानमा होमिएको छ ।

सिडेनले नेपाल इन्जिनियर्स एसोसियसनको सबलिकरण, इञ्जिनियरहरूको क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, एकता सहकार्य तथा गुणस्तरसहितको सामाजिक आदर्श निर्माण र हकहितको संरक्षण तथा पैरवी गर्ने प्रतिबद्धता पनि गरेको महासचिवका उम्मेदवार ई विनोद प्रकाश पण्डितले जानकारी दिए । 

भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो ।

राजेश राय यादव बारा नेपाली कांग्रेस सभापति, राम नारायणप्रसाद कुर्मी पर्सा कार्यवाहक सभापति, सिडेनका अध्यक्ष लक्ष्मण केसी, पूर्वअध्यक्ष उमेश थानी र सिडेन मधेश प्रदेश अध्यक्ष ई मनोज दास पनि कार्यक्रममा सहभागी छन् । मधेश प्रदेशको कार्यक्रम आज ४ बजे जनकपुरमा सुरु हुँदैछ । 

‘वीरगञ्जबाट सुरु भयो मधेश प्रदेशको हाम्रो अभियान । नेपाल इन्जिनियर्स एशोसिएसन ३४औं केन्द्रीय कार्यकारिणी तथा तेस्रो मधेश प्रादेशिक कार्यकारिणीको निर्वाचनको सन्दर्भमा हामीले वीरगञ्‍जका इन्जिनियर साथीहरूसँग अन्तरक्रिया कार्यक्रममा हाम्रा प्रतिबद्धता प्रस्तुत गर्‍यौँ । रचनात्मक सुझाव र निर्वाचनमा जितको हौसला प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद,’ अध्यक्षका उम्मेदवार बरालले भनेका छन् । 






Leave a comment




Comments