04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।
त्रिपुरेश्वरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ गते एक सूचना जारी गर्दै प्रस्ताव पेस गर्न आह्वान गरेको हो । सूचनामा प्रथम पटक प्रकाशित मितिले एक्काइस दिनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पूरा गरेका अनुसूची- १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूले उक्त सूचना प्रकाशित भएको मितिले एक्काइस दिनभित्र कार्यविधिको अनुसूची- ३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्न उल्लेख गरिएको छ ।
जारी सूचनामा भनिएको छ, ' प्रकाशित मिति २०८१ भदौ ११ स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पूरा गरेका अनुसूची १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूले यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिनभित्र कार्यविधिको अनुसूची ३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।'
परियोजना प्रस्ताव अनलाइनबाट पनि भर्न सकिने प्रतिष्ठानले जनाएको छ । परियोजना प्रस्ताव ढाँचा तथा वस्तिृत जानकारी प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा उपलब्ध छ ।